भोलिबाट हलमा ‘डिसेम्बर फल्स’ , कस्तो रहला आर्यनको कमब्याक ?

पुष १४, २०७९     शिव पुन


काठमाडौ । भोलि शुक्रबारबाट चकलेटी नायकको छवि बनाएका नायक आर्यन सिग्देल र पछिल्लो समयकी हिट नायिका उपासना सिंह ठकुरीको स्टारर फिल्म ‘डिसेम्बर फल्स’  देशभरका हलमा रिलिज हुँदैछ । फिल्मको सार्वजनिक ट्रेलर,गीत र टिजरले राम्रो हाइप बनाएकाले पनि फिल्मले राम्रो व्यापार गर्ने र करिब अढाई महिनादेखि सुनसान रहेको सिनेमा क्षेत्रलाई चलाएमान गराउन सक्ने धेरैको अपेक्षा छ। यस्तै लामो समयपछि नायक आर्यन सिग्देल ‘डिसेम्बर फल्स’ बाट रजतपटमा ब्याक हुनलागेकाले पनि आर्यनको कमब्याक कस्तो होला भन्ने धेरैको चासो र छलफलको विषय बन्दै आएको छ।

यता  निर्माता रामप्रसाद रिजाल पनि फिल्मले दर्शकको साथ पाउने कुरामा ढुक्क भएको बताएका छन्। उनले, यो फिल्मले आफूलाई नाफा दिने विश्वास समेत व्यक्त गर्दै आएका छन् ।फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन् ।

यसैबिच, फिल्मको बुकिङ देशभरका मल्टिप्लेक्समा खुलेको छ । फिल्मलाई मल्टिप्लेक्सले सुखद शोज दिएका छन् । देशकै सबैभन्दा ठुलो चेन भएको क्यूएफएक्सले यो फिल्मलाई देशभर २९ शोज दिएको छ । विशेषगरि, हलमा नयाँ फिल्म नहुनु, पुरानो फिल्मले पनि एक सातामै दम तोड्नुले आर्यनको फिल्मलाई फाइदा भएको देखिन्छ । यता फिल्मलाई वान सिनेमाज्ले नयाँ बाँनेश्वर र कालीमाटीमा पनि राम्रो शो दिएको छ । बीग मुभिजमा भने फिल्मले ३ शोज पाएको छ ।

फिल्मले दर्शकको राम्रो साथ पाउन सकेको खण्डमा यसको शोज अझै बढ्ने निश्चित छ ।

फिल्ममा आर्यन र उपसनाका अलवा शिवहरि पौडेल, सलोन बस्नेत, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राना लगायतका कलाकारको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको चलचित्रलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा,केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् ।  ‘डिसेम्बर फल्स’ रामप्रसाद रिजालको पाँचौ प्रोजेक्ट रहेको छ।

ट्रेलर..

दीपक शर्मा,कोसिस क्षेत्री,सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् ।