नम्रता र गौरव स्टारर  ‘नम्बरी सुन’को छायांकन सुरु

माघ २१, २०७९


नायिका नम्रता सापकोटा र नायक गौरव पहारीको मुख्य भूमिका रहेको फिल्म ‘नम्बरी सुन’को छायांकन श्रीकाली चौरबाट सुरु भएको छ । शुक्रबार फिल्मको एक गीतको छायांकन सुरु भएको हो ।

नारायण खातीको कथा तथा  प्रस्तुतिमा तयार हुने फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, वुद्दि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । 

राजु गिरिले फिल्मको क्याप्टेनसीप सम्हालेका छन्।  सुवर्ण शिभान्स प्रोडक्शनको व्यानरमा निर्माण हुने फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी रहनेछ । 

फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन, दिव्य सुवेदीको छायांकन, देव महर्जनको एक्सन छ । फिल्मको छायांकन लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंमा गरिनेछ ।