नोभिस आर्ट्सको ‘तिमी बिना’ सार्वजनिक
माघ २५, २०७९
![](https://sampurnakura.com/wp-content/uploads/2023/02/IMG_20230208_195624-1024x527.jpg)
नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्रको प्रचार प्रसार गर्ने टिम नोभिस आर्ट्सले बनाएको ‘ तिमी बिना’ गीतको भिडियो सार्वजनिक भएको छ ।
सनिस श्रेष्ठ को स्वरमा रहेको गीतमा फोसिलले संगीत दिएका छन् भने शब्द मन्जु रिजालको रहेको छ। भिडियोमा प्रकाश दीप तिमिल्सिना र गीता ढुंगानाको अभिनय रहेको छ भने गीतको भिडियोलाई ललित बिष्टले निर्देशन गरेका हुन् ।