गायिका समिक्षा अधिकारी लागिन् अष्ट्रेलिया

फागुन २६, २०७९


सानो उमेरमा नै हजारौँ गीतमा आफ्नो स्वर दिएकी गायिका समिक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । बुधबार अबेर सामाजिक सञ्जाल टिकटकमा भेटिएका केहि भिडियोले उनि अब लामो समयको लागि उनि अष्ट्रेलिया लागेको बुझिएको छ । यद्यपी यो समाचार तयार पार्दासम्म उनले यस बिषयमा केहि बोलेकी छैनन् । दिदि शर्मिला अधिकारीसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाहिर उनलाई बिदाई गर्दै गरेका केहि भिडियोहरु टिकटकमा चर्चामा रहेका छन् ।

‘खत्री सुवास’ नामक टिकटक अकाउन्टबाट समिक्षालाई ‘साली’ भनिएको छ भने अन्य केहि अकाउन्टहरुबाट पनि उनलाई बिदाई गरिएका भिडियोहरु सार्वजनिक भएका छन् । भिडियो क्याप्सनमा अष्ट्रेलिया बसाई सुखमय रहोस् भनिएको छ । चलचित्र ‘नाई नभन्नु ल ५’ को चर्चित गीत ‘बालापनको उमेर’ गाएपछि उनको व्यावसायिक गायन यात्रा सुरु भएको थियो । त्यसपछि उनले सयौँ चर्चित गीत गाईन भने एक हजार माथि गीतहरुमा आवाज दिएकी छन् । लोक, लोकदोहोरी तथा आधुनिक गीतमा जादुमय स्वर दिन सक्षम समिक्षालाई नेपाली गीतसंगीतको क्षेत्रमा अबको सुपरस्टारको रुपमा हेरिने गरिन्थ्यो ।

उनि गायिका मात्र नभएर मोडल पनि हुन् । आफ्नो गायन यात्रा उत्कर्षमा पुगेको समयमा व्यक्तिगत समस्या झेल्नु परेपछि उनि गायनमा कमै मात्रामा देखिएकी थिइन् । प्लस टु अध्ययन गर्दै गरेकी उनि एक्कासी अष्ट्रेलिया लागेको देखिँदा उनका फ्यानहरु अचम्मित परेका छन् । भिडियोमा टीप्पणी गर्दै केहिले सुन्दर भबिष्यको कामना गरेका छन् भने केहिले नकारात्मकता समेत देखाएका छन् । केहिले भने नेपालमा खुट्टा तान्नेहरु धेरै भएको कारण उनि पलायन हुन बाध्य भएको टीप्पणी गरेका छन् । उनले यस बिषयमा केहि नबोलेको भएतापनि उनि अब विदेशमा पलायन हुन बाध्य भएको लख काटिएको छ ।