प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

चैत ०५, २०७९


चैत ५, एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षीय बेञ्चमा बस्ने निर्णय गरेको हो ।

उपमहासचिव जगन्नाथ खतिवडाले अगाडि भने, सरकारमा जाने नजाने विषयमा अहिले टुंगोमा पुगेका छैनौं । छलफल अगाडि बढाउने निर्णय गरेका छौं । कसरी जाने, कति संख्यामा जाने जस्ता विषयमा छलफल हुन बाँकी रहेकाले सरकारमा जानेबारे निर्णय नगरेको उनले बताए ।