उच्च शिक्षा आर्जनका लागि ज्ञान दीप कलेज !
![](https://sampurnakura.com/wp-content/uploads/2023/08/baner-1024x512.jpg)
दाङ, १ भदौ । दाङको शिक्षा क्षेत्रमा अब्बल नाम हो– ज्ञान दीप कलेज । विगत लामो समयदेखि विभिन्न विधामा अध्यापन गराउँदै आएको ज्ञान दीप कलेजमा अध्ययन गरेका विद्यार्थीहरु अहिले राज्यको विभिन्न निकायहरु तथा अध्यापनका क्षेत्रमा पनि क्रियाशील छन् । उनीहरुलाई लाग्छ, आफू यो स्थानसम्म आइपुग्नुमा ज्ञान दीपको ठूलो योगदान छ । साथै भर्खरै कक्षा १२ पास भएका विद्यार्थीहरुलाई स्नातक तहको अध्ययनका लागि ज्ञानदीप नै उपयुक्त हुने उनीहरुको सुझाव छ ।
![](http://sampurnakura.com/wp-content/uploads/2023/08/367501502_1191890421677119_5717550248864364737_n-1024x993.jpg)
हाल कृषि विकास बैंक तुलसीपुरको लेखापाल पदमा कार्यरत तेजबहादुर डाँगी ज्ञानदीपकै विद्यार्थी हुन् । २०७३ देखि ०७७ सालसम्म व्यवस्थापन विषयमा अध्ययन गरेका डाँगीलाई उच्च शिक्षाको सवालमा ज्ञान दीप नै उपयुक्त लाग्ने उनी बताउँछन् । ‘केही दिनअघि कक्षा १२ को रिजल्ट प्रकाशित भएको छ । यतिबेला हरेक विद्यार्थीलाई उच्च शिक्षा कहाँ पढ्ने भन्ने अन्यौल त हुन्छ नै तर समाजमा बिक्न सक्ने जनशक्ति बन्नु छ भने ज्ञान दीपमै अध्ययन गर्नुस्’– उनले भने– ‘७ वर्षअघि मलाई पनि यस्तै अन्यौल भएको थियो । सबैतिरको सल्लाहअनुसार म ज्ञान दीप पुगेको थिएँ । अहिले मलाई लाग्छ, त्यतिबेला नै मैले सही निर्णय गरेको रहेछु । किन भने यहाँको अध्यापन विधि व्यवहारिक छ र पारिवारिक वातावरणमैत्री छ ।’
![](http://sampurnakura.com/wp-content/uploads/2023/08/333237871_1919688031701652_6271804441623116543_n-1024x805.jpg)
तुलसीपुर–११ को वडा सचिव पदमा कार्यरत पदम भण्डारीले लोकसेवा तयारी गरेको १ वर्षमै नाम निकाल्न सफल भएका थिए । गणित विषयमा रुचि भएका भण्डारीलाई आफ्नो रुचिको विषय अध्ययन गर्ने उपयुक्त गन्तव्य ज्ञान दीप नै बनेको उनले बताए । ‘हरेक विधाको रिजल्टमा उत्कृष्ट नतिजा ल्याउने ज्ञान दीपमा गणित विषयको पनि उत्तिकै उत्कृष्ट अध्यापन हुन्छ भन्ने म आफैले अनुभव गरेको छु । गणितमा म अब्बल थिएँ । गुरुहरुले अध्ययनसँगै लोकसेवाको पनि तयारी गर्न सुझाव दिनुभयो’– उनले भने– ‘गुरुहरुकै सल्लाहअनुसार लोकसेवाको तयारी गरें १ वर्षमै नाम निकाल्न सफल भइयो । त्यसैले मलाई लाग्छ, ज्ञान दीपमा पढाउने मात्रै होइन एउटा सक्षम मान्छे बन्ने प्रेरणा पनि दिइन्छ । त्यसैले हरेक विद्यार्थीका लागि ज्ञान आर्जन गर्ने एउटा उपयुक्त गन्तव्य हो ज्ञान दीप ।’
![](http://sampurnakura.com/wp-content/uploads/2023/08/330820538_1597316660733895_6923594282737812603_n-849x1024.jpg)
+२ देखि ब्याचलरसम्म ज्ञान दीपमा अध्ययन गरेका लमही–९ पोल्ताराका अंकित रावत अहिले राष्ट्रिय वाणिज्य बैंक घोराहीको वरिष्ठ सहायक पाँचौं तहमा कार्यरत छन् । उच्च शिक्षा अध्ययन गर्न तुलसीपुर आएका अंकितका आफन्तहरुले ज्ञान दीप नै ठीक छ भन्ने सल्लाह दिएपछि आफू ज्ञान दीपमा भर्ना भएको बताए । ‘कुन कलेजमा पढ्ने त भन्ने विषयमा केही कलेजहरुको विषयमा कुराकानी पनि भयो तर ज्ञान दीप सबैभन्दा उपयुक्त देखियो’– उनले भने– ‘रिजल्टमा कलेजहरुले लिइरहेको नतिजा, विभिन्न समयमा हुने प्रयोगात्मक अभ्यास, कुन कलेजमा कस्तो वातावरणमा पढाइ हुन्छ भन्नेलगायतका विषयबारे जानकारी लिएपछि ज्ञान दीप रोजेको थिएँ ।’ अहिले कक्षा १२ मा उत्तीर्ण भएका विद्यार्थीहरु पनि निसंकोच ज्ञान दीपमै जाँदा उपयुक्त हुने उनले धारणा राखे ।
![](http://sampurnakura.com/wp-content/uploads/2023/08/somraj-rotated.jpg)
ज्ञान दीप कलेजमा अध्यापन गरिरहेका सोमराज बस्नेत ज्ञान दीप कलेजको स्नातक तहका पहिलो ब्यचका विद्यार्थी हुन् । सँगै उनी तुलसीपुरको मेरिगोल्ड बोर्डिङका भाइस प्रिन्सिपल समेत हुन् । ज्ञान दीपले शिक्षासँगै अवसर पनि प्रदान गर्ने भएकोले अधिकांश विद्यार्थीको रोजाइमा पर्ने उनले बताए । ‘तपाइँले देख्न सक्नुहुन्छ, अन्य कलेजहरुमा विद्यार्थीको हाहाकार हुँदा ज्ञान दीपमा हरेक वर्ष विद्यार्थीको भर्नादर बढ्दो छ । हरेक विद्यार्थीले पारिवारिक वातावरणमा पढ्न रुचाउँछन् । जो कुरा उनीहरुले ज्ञान दीपमा पाउँछन् । त्यसैले त विद्यार्थीको घुइँचो हुन्छ’– उनले भने– ‘अनि ज्ञान दीपको अर्को विशेषता हो, आफ्नो उत्पादनलाई कही न कही व्यवस्थापन गर्ने उत्सुकता राख्ने । अहिले ज्ञान दीप कलेजलगायत ज्ञानज्योति फाउण्डेशनअन्तर्गतका विद्यालयहरुमा ज्ञान दीपमै अध्ययन गरेका विद्यार्थीहरु शिक्षकको रुपमा कार्यरत छन् । किन भने ज्ञान दीपले हरेक विद्यार्थीलाई परिवारकै हिस्सा ठान्छ । त्यो मध्ये एक म पनि हुँ ।’
![](http://sampurnakura.com/wp-content/uploads/2023/08/FB_IMG_1691242114110-1024x683.jpg)
आजको आवश्यकता र विद्यार्थीहरुको मनोभावना अनुसार अध्यापन गर्ने कलेजको रुपमा ज्ञान दीपलाई विकास गर्दै लैजाने उद्देश्य रहेको र त्यही नीतिअनुसार ज्ञान दीपको अध्यापन प्रक्रिया अघि बढाइएको कलेजका प्रचार्य सुरेन्द्र जिसी बताउँछन् । ‘विद्यार्थीलाई पढाउनेभन्दा पनि विद्यार्थी आफैले पढ्ने या विद्यार्थीलाई पढाइप्रति अभिरुची बढाउने वातावरण सिर्जना गर्दछ ज्ञान दीपको अध्यापन विधिले । किताबी ज्ञान मात्रै विद्यार्थीका लागि पर्याप्त हुँदैन । त्यसैले ज्ञान दीपको हरेक विधामा अध्यापन गर्ने विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्न अतिरिक्त क्रियाकलापमा उत्तिकै जोड दिइन्छ’– उनले भने– ‘विज्ञानका लागि स्तरीय प्रयोगशाला, व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोगात्मक अभ्यास तथा मानविकी संकायतर्फ पत्रकारिताका विद्यार्थी र अन्य विभिन्न संकायका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराउँदै किताब र समाजकाे ज्ञान सँगसँगै अध्ययन गर्ने वातावरण छ, ज्ञान दीपमा ।’
![](http://sampurnakura.com/wp-content/uploads/2023/08/FB_IMG_1692104814427-1024x780.jpg)