नेपाली लोक गितमा मौलिकता हराउँदैछ : गायक पुस्कल शर्मा

माघ २६, २०८०     आशिष के.सी.


माघ २६, नेपाली सांगितिक क्षेत्रका चर्चित गायक पुस्कल शर्माले नेपाली गित संगितमा मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार तुलसीपुरमा गायक शर्मा सँग गरेको साक्षात्कार कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

चलचित्र पत्रकार संघ दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा गायक शर्माले विशेषगरी लोक गित र संगितमा मौलिकता हराउँदै गएको बताउनुभयो । पछिल्लो समय छोटो समयमा नै चर्चामा आउने उद्देश्यले गितमा अपाच्य शब्द प्रयोग गर्दा यसले समाजमा विकृति फैलाउँदै गएको उहाँको भनाई थियो ।

अपाच्य शब्द र भद्दा दृश्यका कारण पाएको चर्चा धेरै नटिक्ने भन्दै गित संगितमा स्थापित हुन शब्दमा मौलिकता र सृजनसिलता हुनुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो – “मैले गायन यात्रा सुरु गर्दा सुख दु:ख र वेदनाका गितहरुमा मौलिकता झल्कन्थ्यो, अहिले हराउँदै गएको महसुस भएको छ ।” त्यस्तै आगामी दिनमा दर्शक श्रोताको अझै मन जित्ने गितहरु ल्याउने बताउनुभएको छ ।

साथै उहाँले लोक गित संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । गित संगित सँगै आफ्नो रुचि चलचित्रमा समेत भएकोले आफुलाई उपयुक्त लागेको कथावस्तु भएको चलचित्र बाट अफर आए अब अभिनेताको भुमिकामा समेत देखिने उहाँको बताउनुभयो । हालसम्म केही चलचित्र बाट अफर आएपनि आफुलाई कथावस्तु मन नपरेका कारण अघि नबढेको उहाँको भनाई थियो । कार्यक्रमको सहजीकरण संघका सदस्य एकराज भण्डारीले गर्नुभएको थियो ।