उद्योग उपाध्यक्ष पदका बलिया उम्मेद्वार हेमेन्द्र खड्का

बैशाख २७, २०८१     सम्पूर्ण कुरा


तुलसीपुर उद्योग वाणिज्य संघको वैशाख २९ गते हुन लागेको निर्वाचनमा विनिल केसी नेतृत्वको टिमको उपाध्यक्ष (उद्योग) तर्फ बलिया उम्मेद्वार हुन हेमेन्द्र खड्का। तुलसीपुर ५ निवासी हेमेन्द्र लामो समयदेखि तुलसीपुरमा होटेल व्यवसाय गर्दै आएका छन् । एकान्त होटेल एण्ड लजका संचालक हेमेन्द्र खड्का तुलसीपुर उद्योग वाणिज्य संघमा एक कार्यकाल सदस्य पदको जिम्मेवारी वहन गरिसकेका छन् भने अघिल्लो निर्वाचनमा सह कोषाध्यक्षको पदमा मनोनयन दर्ता समेत गरेका थिए । नेपाली कांग्रेसको अनुरोधमा उनले तत्कालिन समयमा सहकोषाध्यको पदबाट उम्मेद्वारी फिर्ता लिएका थए । विभिन्न संघ संस्था तथा सामाजिक कर्ममा आफुलाई समर्पित गर्दै आएका हेमेन्द्र लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीको सचिवालयमा स्वकीय अधिकृतको भूमिकामा समेत थिए । उनले रोटरी क्लव, रोट्रयाक्ट क्लवमा समेत आफ्नो सक्रिय भूमिका निर्वाह गरिसकेका छन् । नेतृत्वमा पुस्तान्तरणको आवश्यकता महशुष भएका बेला युवा व्यवसायी हेमेन्द्र खड्कालाई नेपाली कांग्रेसले युवा व्यवसायी विनिल केसीको नेतृत्वको टिममा उद्योग उपाध्यक्षमा उम्मेद्वार बनाएको छ । निर्वाचनमा होमिएका हेमेन्द्र खड्काले सम्पूर्ण व्यवसायीहरुको हितमा रहेर काम गर्ने र व्यवसायीहरुका आम समस्या तथा गुनासाहरुको संम्वोधन गर्नेगरी आफूले कार्य गर्ने र युवाहरुको नेतृत्व भएमात्र व्यवसायिक सम्वृद्धि हासिल हुने उनी बताउछन् ।