‘द्रौपदी’ कर्णालीको मौलिक र विशिष्ट कथावस्तु हो : निर्देशक आचार्य

फागुन ०५, २०८१


चैत ८ देखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘द्रौपदी’ लाई डोल्पाको शे फोक्सुन्डो ताल लगायतका कर्णालीका आकर्षक लोकेसनमा छायांकन गरिएको छ । महिला संवेदनाको कथावस्तुको फिल्मले कर्णालीको मौलिक र विशिष्ट कथावस्तुलाई उठान गरेको छ । फिल्मलाई अन्तर्राष्ट्रिय बजारलाई लक्ष्य गरेर निर्माण गरेको जनाइएको छ । यसको पटकथा ४ वर्षअघि लेखिएको हो ।

आश्विनी शाही, रवि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय रहेको फिल्मको कथा पटकथा, संवाद, गीत र निर्देशन ऋष्रिाज आचार्यको छ । ‘कर्णाली काटौंला’ बोलको गीतमा रवि ओड र इन्द्रकला राईको स्वर छ, जुन अहिले चर्चामा छ । आरबी मूभिजको ब्यानरमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र विष्णु ठडराई छन् । निर्मातामा आचार्य र प्रकाश ज्ञवाली छन् ।