देउवाद्धारा पूर्बप्रधानमन्त्रीहरुसँग टेलिफोन बार्ता, कोरोनाबिरुद्ध ऐक्यबद्धताको अपील

चैत २४, २०७६


नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई सुरक्षित राख्ने विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोन वार्ता गरेका छन्।

आइतबार बिहानदेखि पूर्व प्रधानमन्त्रीहरुलाई फोन गरी कोरोना भाइरसबाट नेपाल र नेपाली जनतालाई जोगाउन ऐक्यवद्धताका लागि सभापति देउवाले अपिल गरेको उनका सहयोगी भानु देउवाले बताए।

सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र पूर्व प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोन सम्वाद गरेका हुन्।

पूर्व प्रधानमन्त्रीहरुसँगको सम्वादपछि देउवाले नट्वीटरमार्फत भनेका छ्न्, ‘आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेको छु।’