ज्ञान ज्योति इन्टर कलेज फुटबल प्रतियोगिता सुरु
लक्ष्मण बस्नेत
मंसिर १० तुलसीपुर । ज्ञान ज्योति दोस्रो इन्टर कलेज फुटबल प्रतियोगिता- २०८२ आज देखि सुरु भएको छ ।ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा फाउन्डेसन खेल मैदान गोलौरामा सञ्चालित प्रतियोगिताको दाङ जिल्ला फुटबल संघका पुर्व अध्यक्ष सुशील श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहमा लाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले राष्ट्रको पहिचान बोकेको सिङ्गो खेलक्षेत्रको बिकास स्कुल स्तर बाटै गरिनु पर्ने बताउनु भएको छ । बालबालिका भित्र अन्तर्निहित खेल क्षेमता हुन्छन् त्यो क्षेमता यस्ता प्रतियोगिताका माध्यमले प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने भएकाले विद्यालयले शिक्षा संगै खेलकुद लाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।

साथै उहाले शिक्षा संगै खेलकुद लाई उच्च प्राथमिकतामा राखेको ज्ञान ज्योती फाउन्डेसनले खेलकुदमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको बताउनुभयो । ज्ञान ज्योती फाउन्डेसनका एकेडेमीक कोर्डिनेटर शरद गौतमको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका पुर्व अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

आदर्श एकेडेमीका प्रिन्सिपल वसन्त टन्डनको स्वागत रहेको कार्यक्रममा विशिष्ट अतिथी लक्ष्मण बस्नेत, ज्ञान ज्योति कलेजका भाइस प्रिन्सिपल मनोज कुमार के.सी. लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । सो अवसरमा फुटबलका पुर्व राष्ट्रिय खेलाडि प्रीति बहादुर गिरि प्रेस, मन्जित पुन, शिक्षक सरोज वलि, सुदिप नेपाली लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन सन्तोष केसीले गर्नु भएको थियो ।

यसैबिच आज भएको उद्घाटन खेलमा कम्प्युटर साईन्स कक्षा १२ बिजयी भएको छ । होटल म्यानेजमेन्ट ११ लाई ४-१ गोलले पराजित गर्दै कम्प्युटर साईन्स कक्षा १२ ले बिजयी सुरुवात गरेको हो । त्यस्तै भोलि साईन्स १२ र साईन्स ११ बिच हुनेछ । खेल बिहान ८ बजे देखि सुरु हुनेछ । तीन दिन सम्म संचालन हुने प्रतियोगिताको बिजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । भने उपबिजेताले नगद १० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा विभिन्न संकायका १३ टिमको सहभागिता रहेको छ ।







