दाङ-३ (क) बाट कांग्रेसको प्रदेश प्रतिनिधिमा रामबहादुर जिसीको उम्मेदवारी

१० घण्टा अगाडि


असाेज १२, नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर ३(क) बाट रामबहादुर जिसीले खुला तर्फ प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कांग्रेसको नीति, विचार र संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यसहित जिसीले उम्मेदवारी दिएका हुन् । उनले कार्यकर्ता तथा जनताको भावना र अपेक्षालाई केन्द्रमा राखेर पार्टी संगठनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

युवा नेता, युवा व्यवसायी, समाजसेवी तथा विकासप्रेमी व्यक्तित्वका रूपमा परिचित जिसीले आफूले व्यवसाय, सामाजिक गतिविधि र संगठनसँग जोडिएर हासिल गरेको अनुभवलाई पार्टीको संगठन निर्माणमा उपयोग गर्ने बताएका छन् ।

जिसीले युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै स्थानीय तहदेखि पार्टी संगठनलाई थप चलायमान बनाउने, कार्यकर्ताबीचको एकता र सहकार्यलाई मजबुत बनाउने तथा जनतासँग कांग्रेसको सम्बन्ध अझ सुदृढ बनाउन आफ्नो भूमिका रहने बताएका छन् ।

उनले विकास निर्माण, सामाजिक सेवा र जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै पार्टीलाई जनताको विश्वास र अपेक्षाअनुसार अघि बढाउन प्रदेश प्रतिनिधिका रूपमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेसको १५ औँ महाधिवेशनको सन्दर्भमा दाङ क्षेत्र नम्बर ३ (क) मा प्रदेश प्रतिनिधिका लागि जिसीको उम्मेदवारीले स्थानीय पार्टी संगठनभित्रको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। जिसी हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पनि हुन् ।