कांग्रेसको संगठन निर्माणमा सक्रिय टोपबहादुर केसी महाधिवेशन प्रतिनिधिको दौडमा
असाेज १२, नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं. ३ बाट टोपबहादुर केसी महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार दिनुभएको छ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका केसीले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीचको एकता र समन्वयलाई मजबुत बनाउने तथा पार्टीलाई जनतासँग थप जोड्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी अघि सारेका हुन् ।
पार्टीको संगठन निर्माण र राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका केसीले कांग्रेसको नीति, विचार र सिद्धान्तलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउन भूमिका खेल्दै आएको बताइएको छ ।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टी संगठनलाई समयानुकूल र प्रभावकारी बनाउँदै कार्यकर्ताको आवाजलाई नेतृत्वसमक्ष पुर्याउने तथा जनताका सवाललाई पार्टीको प्राथमिकतामा जोड्ने केसीको प्रतिबद्धता रहेको छ ।
केसीले पार्टीभित्र अनुभवी पुस्ताको योगदान र नयाँ पुस्ताको ऊर्जालाई एकसाथ अघि बढाउँदै संगठनलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिएका छन् ।







