डब्लूएचओलाई दिँदै आएको कोष रोक्ने ट्रम्पको चेतावनी

चैत २६, २०७६


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको कोष रोक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै ट्रम्पले उक्त कोष रोक्ने चेतावनी दिएका हुन् ।

मंगलबार ह्वाइट हाउसमा नियमित प्रेस ब्रिफिङको क्रममा उनले डब्लूूएचओलाई कोरोना भाइरसको जोखिम पहिला नै थाहा भएको तर उसले बेलैमा सूचित नगरेको आरोप लगाए । ट्रम्पले यस विषयमा अहिले अनुसन्धान भइरहेको तर आफूहरु डब्लूएचओलाई दिँदै आएको कोष रोक्ने पक्षमा रहेको बताए ।