जापानमा आपतकालको घोषणा

बैशाख ०५, २०७७


कोरोना भाइरसको संक्रमण बढेपछि जापानमा देशव्यापी आपतकालीन अवस्था घोषणा गरिएको छ। देशव्यापी आपतकालीन अवस्था आउँदो मे ६ सम्म जारी रहने जापान सरकारले जनाएको छ।

यसअघि अप्रिल ८ मा प्रधानमन्त्री शिन्जो आबेले देशका सात क्षेत्रमा एक महिनाका लागि आपतकालीन अवस्था लागु गरेका थिए।

जापानमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ भने संक्रमितको संख्या ९ हजार २३१ पुगेको छ ।