कहिले नथाक्ने एक अद्भुत यात्री : निमेष लम्साल

बैशाख १३, २०७७


डि.आर.एन

निमेष लम्साल । यो नाम सुन्न वित्तिकै सायद चिन्नेहरुको दिमागमा छुटैखालको अनुभूति भयो होला । दिमागमा अनेकौ प्रश्नहरु आए होलान्,अनेकौ जिज्ञासाहरु मनमा उव्जिए होलान् । थप्रै खालका कुराहरु खेले होलान् । निकटतम भएकाहरुको दिमाग सायद फल्यास व्याकमा पनि गयो होला । पक्कै पनि निमेष लम्साललाई आ–आफ्नै तरिकाले विश्लेषण भयोहोला । विश्लेषण गर्नु सान्दर्भिक पनि छ होला । नाम एक भएपनि उनको परिचय भने अनेक छ । गायक,सगीतकार,रचनाकार,शिक्षक,प्रधानाध्यापक,प्रध्यापक,योग गुरु,लेखक,रिसर्चर आदि ।


वि.सं २०३९ सालमा मा दाङको तुलसीपुरमा जन्मिएका निमेष सानै देखि पढाई र सगीतमा वढि रुची राख्थे । तुलसीपुरको लोकप्रिय स्कुल राप्ती विद्या मन्दिरबाट उनले एस.एल.सी. उतिर्ण गरे । त्यसपछि उनले ईन्टर र व्याचलर नजिकैको राप्ती ववई क्याम्पसबाट गरे । अध्ययन सगै उनले अध्यापनलाई पनि सगसंगै अगाढि बढाए । दाङकै महेन्द्र बहुमुखी क्याम्पसबाट डिग्री पास गरेका उनलाई पढाईको भोक भने लागिरह्यो । उनी किताव विना कहिल्यै वाच्न सकेनन् । उनको सबैभन्दा नजिकको साथि भनेकै किताव भयो । सानै देखि रचनात्मक स्वभावका उनले त्रिभुवन विश्वविद्यालयबाट M.Phil in English,Doctor of Philosophy in English,Masters of Arts in English अध्ययन पुरा गरेका छन् । साथै उनले भारतको Gorakhpur School of Nature Therapeutics Arogya Mandir बाट Doctor of Yoga Science and Therapy / Doctor of Naturopathy समेत अध्ययन गरेका छन् । उनले अहिले Children Leterature मा पि.एच.डिको अध्ययन गर्दै छन् ।


अध्ययन संगसगै गायनको क्षेत्रमा पनि औधी रुची भएका निमेषको सांगितीक यात्रा पनि लोभलाग्दो छ । उनले नेपाली चलचित्रका साथै विभिन्न आधुनिक सुगम सगीतमा आफ्नो सुमधुर स्वर पनि दिएका छन् । उनले “आदर” नामक एउटा एल्वम बजारमा ल्याए । सो एलम्वमा समावेश गरिएका सबै गित श्रोता /दर्शकको रोजाईमा परे । “टुक्रिएको हृदयलाई”,“फूलमा राम्रो गुलाव हजुर”,“बाटो भुलेको म बटुवा” लगायतका गितले सबैको मन जित्न सफल भयो । यो एलम्वमा उनले ११ वटा चर्चित गितहरु समावेश गरेका थिए । यति मात्रैमा पनि उनको सांगितीक यात्रा रोकिएन । उनले विभिन्न चलचित्रहरुमा गित लेख्नुका साथै स्वर पनि दिएका छन् । चलचित्र वुवाआमामा समावेश “सुन–सुन” भन्ने वोलको गित उनैद्धारा लेखिएको गित हो । उनले हालसम्म ३ दर्जन जति आधुनिक तथा चलचित्रका गितमा स्वर दिएका छन् भने २ दर्जन भन्दा वढि शैक्षिक गितहरु पनि उनले बजारमा ल्याएका छन् ।



सांगितीक यात्रालाई अगाडि बढाउदै गर्दा २०६४ / ०६५ सालतिर उनको घाँटीमा समस्या भयो । उनको भोकल कर्डमा मासु पलायो र उपचारको लागि उनले अपरेसन गर्नुपर्ने थियो । तर डाक्टरकै सल्लाहलाई पनि उनले मानेनन् र घरमै वसेर आराम गरे । उनले घाँटीको लागि घरमै बसेर प्राकृतिक विधि अपनाएर उपचार गरे र ठिक पनि भए । त्यसवेला उनले अध्यापन पनि गर्न सकेनन् साथै सागितीक यात्रालाई पनि निरन्तरता दिन सकेनन् । सबै थोक छाडेर उनले घरमै बसेर आफ्नो घाँटीको उपचार गराईरहेका थिए तर बाहिर बजारमा अर्कै खालका हल्लाहरु पनि चले र्। निमेषले सबै कुरा छाड्यो,किन यस्तो गरेको होला’ भन्नेखालका नकारात्कम अपवाहरु फैलिए । उनलाई विरामी भएको बेला सहानुभूति दिनुको साटो उल्टै निमेषले गलत गर्दै छ भन्ने मानिसको जमात बढि भयो । बजारमा नकारात्मक टिप्पणीहरु बढि भए उनको विषयमा । यस्तो विषम परिस्थीतीमा उनी कति पनि विचलित भएनन् बरु उनी आफ्नो स्वास्थ्यलाई कजवुत बनाउन तिर केन्द्रित भए । उनी हरेक हिसावले तन्दरुस्त नै थिए । आफ्नो उपचार आफै गर्दा उनले थुपै्रकुराहरु झेल्नु पर्यो । त्यसकै परिणाम उनलार्ई प्राकृतिक चिकित्सामा रुचि वढ्यो र उनले भारतमा गएर सो विषयको अध्ययन पनि पुरा गरे । उनी केहि समय दाङमै वसेर निजी विद्यालयमा कार्यरत शिक्षकहरुको हकहितका लागि पनि नेतृत्व गर्दै अघि बढेका थिए । उनले थुप्रै शिक्षकका समस्याहरु समाधान पनि गरे ।


उनले शिक्षाको क्षेत्रमा पनि उल्लेख्य मात्रामा योगदान पुर्याएका छन् । दाङ,सल्यान,काठमाडौ मकवानपुर,रामेछाप लगायतका जिल्लामा आफ्नो खुवि प्रर्दशन गरी कहिले शिक्षक,कहिले प्रधानाध्यापक त कहिले प्राध्यापक भई काम पनि गरे । उनले दाङकै एक कलेजमा पत्रकारीता विषय पनि अध्यापन गराए । उनले तुलसीपुरमा नयाँ सोचका साथ पारीजात स्कुलको स्थापना गरे साथै विजौरीमा न्यू स्टार वोर्डिङलाई पनि स्थापना गरे । शिक्षा क्षेत्रमा गुणस्तरीयता प्रदान गर्न सधै तल्लिन हुने उनले सल्यानमा पनि स्कुल स्थापना गरे । सधै किताव पढ्न रुचाउने उनले थुप्रै कितावहरु पनि लेखेका छन् । कविता,उपन्यास,कथा लगायत समावेश भएका पुस्तकहरु उनले लेखिसकेका छन् भने कति लेखेर सक्ने क्रममा छन् । उनले“Don’t Take me There,Daddy” नामक उपन्यास बजारमा समेत ल्याएका छन् । यति मात्र नभएर विभिन्न प्रतिष्ठित सस्थाहरुमा सम्पादकीयको भूमिका पनि उनले निभाएका छन् ।


नेपालको शैक्षिक क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याई देशमा उर्जावाण,क्षमतावाण,दक्ष जनशक्ति उत्पादन गराउने उदेश्यले उनले अमेरिका जान पनि मानेनन् । अमेरिका जाने अवसर हुदाहुदै पनि उनी आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने मान्यता राख्दै आज पनि शैक्षिक यात्रालाई निरन्तर अगाडि वढाईरहेका छन् । उनले पढेको,लेखेको,विभिन्न कुराको रिर्सच गरेको देख्दा लाग्छ उनी एक यस्ता अद्भुत यात्री हुन् जो आफ्नो कर्म गर्न कहिले थाक्ने छैनन् ।