सर्वप्रियतामा अग्रणी विनिल  

बैशाख २६, २०८१     सम्पूर्ण कुरा


दाङ जिल्ला आफैमा एक सुन्दर अनि विशाल जिल्ला । दाङ जिल्लाको सुन्दर नगरी तुलसीपुरमा वि.सं २०४२ सालमा वुवा स्व. विष्णु प्रसाद केसी र आमा निर्मला केसीको एक गर्विलो सन्तानका रुपमा जन्मिएका परिचित व्यक्ती हुन् विनिल केसी । विनिल केसी झट्ट सुन्दा अनि उनलाई हेर्दा एक हसिला¸ मिजासिला¸ कर्तव्यनिष्ठ¸ बौद्धिकता अनि जिम्मेवारी वहन गर्न सक्ने एक नेतृत्व सक्षमता भएका व्यक्तिका रुपमा चित्रण हुन्छ । यहि सकारात्मक कर्मले उनी प्राय हरेक क्षेत्रमा सफल देखिएका छन् ।

विनिल¸ व्यवसाय अनि नेतृत्व आम व्यवसायीहरुलाई उस्तै लाग्ने शव्दहरु हुन् । उनले आफ्नो जिवनका विभिन्न कालखण्डमा व्यवसायिक क्षेत्र संगै अन्य थुप्रै क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइसकेका छन् । उमेरले ३९ वर्ष लागेका विनिल समाजका एउटा सफल उदाहरणीय अनि सर्वप्रियतामा अग्रणी स्थान भएका व्यक्ती हुन् ।

तुलसीपुर उद्योग वाणिज्य संघमा महासचिव जस्तो जिम्मेवार पद सफलतापूर्वक सम्हाली सकेका व्यक्ती हुन् विनिल केसी । उनले तुलसीपुर उद्योग वाणिज्य संघमा सचिव हुदै महासचिवको सफल यात्रा पार गरिसकेका छन् । उनले विगतको ६ वर्षमा तुलसीपुर उद्योग वाणिज्य संघमा पुर्याएको योगदान अनि भूमिका प्रशंसनिय भएकाले तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उनै विनिललाई नेपाली कांग्रेसले अध्यक्ष पदका लागि आफ्नो आधिकारिक उम्मेद्धार बनाएको छ ।

आफ्नो बलियो उम्मेद्धारी संगै उनले निर्वाचित भए पश्चात आम व्यवसायिहरुले भोग्नु परेका समस्याहरुलाई सम्वोधन गर्न कुनै अस्त्र बाँकी नराखी काम गर्ने बताए । उनले कर¸राजश्व लगायतका विषयमा स्थानीय सरकार र आन्तरिक राजश्व कार्यालय संग परामर्श गरी त्यसमा देखिएका समस्या सम्वोधन गर्ने बताए । यसैगरी वित्तिय संस्थासंगको समन्वयमा व्यवसायीहरुले आर्थिक कारोवारमा भोग्नु परेको समस्या समाधान गरिने उनले बताए । उनले सरकारी र नीजि क्षेत्रको साझेदारी सरकारको नीति समेत भएकाले सोहि बमोजिम आफुले योजना निर्माण गरी काम गर्ने बताए । तुलसीपुर उद्योग वाणिज्य संघले सबै व्यवसायीहरुको साझा अभिभावकीय संस्थाको रुपमा कर्म गर्ने विनिलले बताए । पछिल्लो समयमा युवा व्यवसायीहरु पनि विदेश पलायन भईरहेको अवस्थामा त्यसलाई रोकी युवाहरुलाई उद्ममशीलता संग जोडेर व्यवसायमा आकर्षित गरिने उनले बताए । नेतृत्वमा पुस्तान्तरण गरी अबको नेतृत्व युवाहरुले गरे समग्र क्षेत्रको मुहार फेरिनेमा उनी विश्वस्त रहेको बताउछन् ।

चुनावी प्रचारमा व्यस्त रहेका विनिलले तुलसीपुर उद्योग वाणिज्य संघको विगतको ईतिहास र अवस्थालाइ समेत सम्झन पुगे । उनले तुलसीपुर क्षेत्रका एक सफल व्यवसायि आफ्ना स्वर्गीय वुवा विष्णु प्रसाद केसीलाई सम्झीदै बुवाले तुलसीपुर क्षेत्रमा उद्योग वाणिज्य संघ स्थापनाका लागि प्रयास गरेको र उद्योग वाणिज्य संघ स्थापना गर्न तत्कालिन समयमा नगरपालिका हुनपर्ने प्रावधान रहेकाले वुवा संगै तुलसीपुर क्षेत्रका अन्य व्यवसायीहरु सुरुमा तुलसीपुरमा नगरपालिका स्थापना गर्न भूमिका निर्वाह खेलेको र नगरपालिकाको स्थापना पश्चात व्यवसायी हरुको सक्रियतामा उद्योग वाणिज्य संघको स्थापना भएको स्मरण गरे । तुलसीपुरमा उद्योग वाणिज्य संघको स्थापना हुदा उनका वुवा संस्थापक कोषाध्यक्ष हुदै अध्यक्षको भूमिका समेत निर्वाह गरेको उनले बताए ।

वुवा उद्योग वाणिज्य संघको नेतृत्वमा पुग्दा उनले पनि व्यवसायिक हित तथा सामाजिक कर्म गर्ने रुचि राखे । कक्षा १० सम्म तुलसी मा.वि तुलसीपुरमा अध्ययन गरेका उनले काठमाडौमा रहेको मोडर्न इन्डिएन स्कुलमा प्लस टु (व्यवस्थापन)¸ घोराहिको महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक र नेपाल कर्मश क्याम्पस बाट व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर उतीर्ण गरेका छन् । मास्टर्स पास पछि उनलाई वुवाले सोध्नुभयो अव के गर्ने ? उनले तुलसीपुरमै बसेर केहि नयाँ व्यवसाय गर्ने सोचमा भएको सुनाए । व्यवसायी¸ समाजेवी संगै उनी क्रिकेट खेलका समेत राम्रा खेलाडि हुन् । उनले तुलसीपुरमा कलेजको समेत स्थापना गरी केहि समय शिक्षा क्षेत्रमा समेत आवद्ध थिए । वुवाले खोलेको गणेश पाउरोटि उद्योगलाई थप व्यवस्थित गरि संचालन गर्न थाले । विस्तारै उनी यसमा सफल भए । उनी नेपाली काँग्रेस तुलसीपुर नगर समितिको उपसभापति हुन् भने रोट्रयाक्ट क्लव तुलसीपुरका संस्थापक अध्यक्ष समेत हुन । उनी राप्ती बबई क्याम्पसको संचालन समितिको कोषाध्यक्ष समेत हुन् । तुलसीपुर उद्योग वाणिज्य संघको संगै विभिन्न संघ सस्थामा आवद्ध भएका विनिल केसी साच्चिकै युवा पुस्ताका लागी एक सफल व्यवसायी हुन् ।

सर्वप्रियतामा विनिल सधै अनि सबैका लागि अग्रणी स्थान ओगट्ने व्यक्ती हुन् । उनी विश्वका विकसित देशमा जान सक्ने ल्याकत राख्छन् । तरपनि उनले आफ्नै देशमा  समृद्धि र विकास आफ्नै पालामा हासिल हुनुपर्छ भन्दै जन्मभूमिमै सक्रियतापूर्वक आफ्नो कर्म निर्वाह गर्दै आएका छन् । उनि तुलसीपुर उद्योग वाणिज्य संघको वैशाख २९ गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदका सर्बाधिक लोकप्रिय उमेद्वार हुन् ।