के हो कम्प्युटर भिजन सिन्ड्रोम ?

जेठ २०, २०७७


डा.प्रभात न्यौपाने
वर्तमान अवस्थामा मोवाईल तथा कम्प्युटरको दु्रत विकास भएसंगै यसले हाम्रो स्वास्थ्यमा कुनै न कुनै परिवर्तन गरिरहेको छ । मोवाई तथा कम्इुटरको विकासले कुनै सकारात्मक परिवर्तन गरेका छन् त कुनै नकारात्मक पनि । विशेष गरी यसको विकासले हाम्रो शरिरको महत्वपूर्ण अंग आखाँमा नमारात्मक असर गर्न थालेको छ । प्रविधिको विकास संगै यि वस्तुहरु हाम्रो जिवनको अभिन्न अंग बनिनसेका छन् र हाम्रो दिनचार्यामा व्यापक रुपमा प्रयोग भईरहेका छन् । निरन्तर रुपमा कम्प्युटरको स्कृन अगाडि बस्नाले र लामो समय सम्म मोवाईल चलाउनुले हाम्रो आँखालाई गहिरो असर गरिरहेको हुन्छ । हामिले मोवाईल पकड्ने दुरी पनि कम गर्दै गईरहेका छौ जसले गर्दा आखाँको माशंपेशीमा दवाव पर्न गई धमिलो देखिने,टाउको दुख्ने,आखाँबाट आसु आउने,राम्ररी निन्द्रा नलाग्ने समस्याहरु देखिन थालेका छन् । त्यसैगरी नजिक बाट निरन्तर रुपमा मोवाईल पकड्नुले आँखा सुख्खा हुने समस्या पनि देखिन थालेको छ । लामो समयसम्म मोवाईल चलाउदा आँखा कम झिमक्याउने बानीले गर्दा आँखा सुख्खा हुने र त्यसले गर्दा आखाँको CORNEA को समस्या देखिन थालेको छ । आँखा पोल्ने तथा विझाउने समस्या बढ्न थालेको छ । यि सबै समस्याहरुलाई एकमुष्ठ रुपमा कम्प्युटर भिजन सिन्ड्रोम भनिन्छ ।

कोरोना कहरका कारण यतिवेला विश्व नै आक्रान्त भएको छ र नेपालले पनि यसको नियती भोग्नु परेको छ । नेपाल पनि लामो समयदेखि लकडाउन भएको छ । यो लकडाउनको समयमा यी समस्याहरु धेरै देखिने विज्ञहरु बताउछन् । त्यसैगरी बालबालिकालाई फकाउने हेतुले अभिभावकले आफ्ना छोराछोरीलाई मोवाईल चलाउन दिदा बच्चाहरुमा अल्छि आखाको समस्या (Lazy Eye) ,चस्मा लगाउन पर्ने,आँखाको विकास राम्रो संग हुन नपाउने हुन्छ । हालसालै गरिएको एक अध्ययन अनुसार दुई घण्टा भन्दा वढि लगातार मोवाईल वा कम्प्युटर चलाउदा ५८ प्रतिशत मानिसलाई आखा पोल्ने,आखा सुख्खा हुने तथा ६८ प्रतिशत व्यक्तलाई टाउको दुख्ने समस्या देखिएको छ ।

यो समस्याहरुबाट बच्नको लागि सबैभन्दा पहिले २०–२०–२० को सिद्धान्त अपनाउन जरुरी देखिन्छ । प्रत्येक २० मिनेटमा २० सेकेन्डको लागि २० फिटको दुरीमा हेर्न जरुरी छ मोवाईल तथा कम्प्युटर चलाउनदा । त्यसैगरी १२ वर्ष उमेर नपुगुन्जेल बच्चा बच्चीलाई मोवाईल तथा ल्यापटप चलाउन नदिनु उत्तम हुन्छ । यदि आँखा पोल्नु तथा आँखा सुख्खा हुने,चिलाउने समस्या आएमा आँखा क्लिनिक तथा अस्पतालमा सम्पर्क गर्नुपर्छ । साथै मोवाईल तथा कम्प्युटर चलाउदा कम्तीमा पनि ४० सेन्टिमिटर दुरी राख्ने र एक मिनेटमा २० पटक सम्म आँखा झिमक्याउनु राम्रो मानिन्छ ।

लेखक दृष्टि विशेषज्ञ हुनुहुन्छ

(B.Optometry)