पल र उषाको ‘माया गरौला’ भिडियो सार्वजनिक

साउन २४, २०७७


काठमाडांँ । अभिनेता पल शाह र टिकटकका भाइरल कलाकारहरु सुधिर श्रेष्ठ, सुनिसा बजगाई र उषा उप्रेती अभिनित गीत ‘माया गरौला’ को भिडियो सार्वजनिक भएको छ । 

दिनेश थपलियाको शब्द र आचार्य कृष्ण भारद्राजको संगीत रहेको गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर रहेको छ । 

भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् । जसमा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कोरियोग्राफी तथा कथा विक्रम स्वारको रहेको छ ।