टिकटक भाइरल अकेशाको तीज गीत ‘रातो रातो सारी…’ सार्वजनिक (भिडियोसहित)

साउन २५, २०७७


काठमाडौ,२५ श्रावण।

अहिले टिकटकमा भाइरल भइरहेकी बाल कलाकार अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी…’ सार्वजनिक भएको छ । गीतमा राजन कार्की र मिना तिवारीको स्वर रहेको छ । राजन/मिनाकै शब्द, राजनको सङ्गीत, सङ्गीत/संयोजन र गोविन्द सोनीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफ रहेको गीतको भिडियोमा अकेशा पोखरेल, रोविन पोखरेल र स्मृती वस्नेतको अभिनय तथा नृत्य रहेको छ ।

मुकेश हुमागाईंको छायाँकन रहेको गीतको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् । गीतको भिडियो अकेशा पोखरेलको युट्युव मार्फत सार्वजनिक गरिएको छ ।