गीतकार डा. उपाध्यायले बनाए एकै दिन १७ वर्ल्ड रेकर्ड

साउन २६, २०७७


काठमाडौं । गीतकार डा.डिआर उपाध्यायले नेपालका लागि फेरि नयाँ रेकर्ड कायम गरेका छन् । उनले १७ फरक विधामा विश्व किर्तिमानी कायम गर्दै नेपालका लागि नयाँ रेकर्ड बनाएका हुन् ।

आईतबार राजधानीमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादबले डा. उपाध्यायलाई १७ विधाको वर्ल्ड रेकर्ड सर्टिफिकेट प्रदान गरे । उपाध्यायलाई प्रदान गरिएको १७ विधा १० विश्व रेकर्ड संस्थाबाट प्रदान गरिएको हो ।

एकै दिन फरक संस्थाबाट १७ वल्र्ड रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहन गर्ने उपाध्याय नेपालको पहिलो व्यक्ति हुन् । कार्यक्रममा मन्त्री यादवले डा.उपाध्याय नेपालको लागि गौरव भएको धारणा राखेका थिए ।

डा. उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, एशियन वल्र्ड रेकर्ड, च्याम्पिएन बुक अफ वल्र्ड रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, वल्र्ड बुक अफ रेकर्ड युनाईटेड किङडम, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एस्क्युसिभ वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एशियन रेकर्डबाट १७ विधामा वल्र्ड रेकर्ड प्राप्त गरेका हुन् ।