दिनमा ५०० सेल्फी लिने विश्वकै कान्छी अरबपति मोडल

साउन २७, २०७७


एजेन्सी  – विश्वमा नै चर्चित ‘मिडिया पर्सनालिटी’ काईली जेनरले आज जन्मदिन मनाइरहेकी छिन् । उनी हाल २३ वर्षकी भइन् । उनी आफ्नी दुई वर्षीया छोरीसँग जन्मोत्सब मनाइरहेकी छिन् । उनले जन्मदिनको अवसरमा पहिरिएको पहिरनमा २३ लेखिएको छ ।

काईली मिडिया पर्सनालिटीका साथसाथै चर्चित एन्टरप्रेन्योर पनि हुन् । रियालीटी टेलिभिजन स्टार, मोडल तथा व्यवसायी काईली विश्वकै कान्छी अरबपति हुन् । उनको कस्मेटिक मेकअपको व्यवसाय छ । 

उनी आफै कस्मेटिक मेकअपको व्यवसाय सञ्चालन गर्छिन् ।भनिन्छ, काईली दिनमा ५०० वटा सेल्फी लिन्छिन् । उनी जुन सबैभन्दा बढी मनपर्छ त्यो नै सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । 

फोब्र्सका अनुसार जेनरको कम्पनीको मूल्य ९०० मिलियन डलर रहेको छ । अनुमानित १ बिलियन डलर नाफासँगै जेनर २१ वर्षको उमेरमा अरबपति बनेकी  थिइन् ।