नेपाल आइडल ३ को फाइनल आज, किरण, प्रवीण र सज्जामध्ये को बन्ला विजेता ?

भदौ १२, २०७७


काठमाडौै । नेपाल आइडल सिजन ३ को आज फाइनल हुँदैछ । फाइनलमा किरण भुजेल, प्रवीण बेडवाल र सज्जा चौलागाई पुगेका छन् ।

महोत्तरी बर्दिवासका भुजेल, बर्दियाका बेडवाल र मोरङकी चौलागाई तीनैजनाबीच दह्रो प्रतिस्पर्धा हुने भएको छ । दर्शकको भोटिङका आधारमा आइडल छानिने भएकाले जसले बढी भोट ल्यायो उही विजेता बन्नेछन् ।

आइडलका तीनै प्रतिस्पर्धीलाई भोटिङ गर्ने समय आज साँझ ५ बजेसम्म मात्र छ । एपीवान टेलिभिजनले ज्यादै सीमित मान्छेको बीचमा ग्रान्ड फिनाले कार्यक्रम आयोजना गर्ने भएको छ ।

तीन प्रतिस्पर्धीमध्ये बेडवाल र चौलागार्ई लगातार फाइनलमा पुगेका हुन् भने भुजेल वाइल्ड कार्डबाट इन्ट्री पाएका हुन् । उनी टप सेभेनबाट बाहिरिएका थिए । तर, पछि धेरै भोट पाउँदै फाइनलमा पुगेका हुन् ।