समीर आचार्यको ‘भुर भुर पुतली’ सार्वजनिक

भदौ १२, २०७७


गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको आवाजमा समावेश ‘भुर भुर पुतली’ बोलको गीत सार्वजनिक भएको छ । नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट र मीस्टर आरजेको संगीत छ ।

यो गीतले यूवा–यूवतीको प्रेमलाई व्यक्त गर्न खोजेको छ । यो गीतको म्यूजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा किसन रेग्मीको लगानी छ । भिडियोमा नायक पुष्प खड्का र मोडल गरिमा शर्माको मोडलिङ छ । भिडियोमा पुष्प र गरिमा रोमान्टिक देखिएका छन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । निर्देशक विधान कार्कीले यो भिडियोलाई रोमान्टिक र कलरफूल बनाएका छन् ।