सातौं तीज म्यूजिक अवार्ड-२०७७ को सर्वोत्कृष्ट घोषणा,क-कस्ले जिते अवार्ड!

भदौ १५, २०७७


काठमाडौं ,१५ भाद्र।
हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाड पर्वको सम्मान, मौलिक गीत–संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मूल नाराका साथ आयोजना गरिदै आएको सातौं छायाँछवि तीज म्यूजिक अवार्ड –०७७ को सर्बोत्कृष्ट घोषणा गरिएको छ ।

हरेक वर्ष एक भव्य कार्यक्रम आयोजना गरी अवार्ड प्रदान गरिदै आइएकोमा यस पटक ‘कोरोना’ प्रभावका कारण कार्यक्रम हुन नसकेपछि सर्बोत्कृष्ट घोष्णा प्रेस विज्ञप्ती मार्फत गर्नुपरेको छायाँछवि तीज म्यूजिक अवार्डका अध्यक्ष शान्तिप्रियले बताएका छन् । उनका अनुसार वातावरण सहज भएपछि एक कार्यक्रमको आयोजना गरि ट्रफी एवं प्रमाणपत्र प्रदान गरिने छ ।

विगत वर्षहरुमा भन्दा यसपटक तीज गीतको निर्माण ६० प्रतिशत भन्दा माथि गिरावट आएपनि जुन रुपमा अवार्डमा सहभागिता भयो र उत्साह पूर्वक अवार्डको सम्मान राखीयो त्यसप्रति सर्जकहरुलाई आभार प्रकट गरिन्छ । प्रोत्साहन, सम्मान मिलोस र भोलिका दिनमा अझै राम्रा सिर्जना आउन भन्ने हेतुले स्रष्टालाई सम्मानित गर्दै आएको अध्यक्ष प्रियले बताए ।

कार्यक्रमका अवरसमा वरिष्ठ गायिका देविका बन्दनालाई तीज संगीत स्रष्टा सम्मान –०७७ बाट सम्मानित गरिने पनि छायांछवि त्रियशनले बताएको छ । यस अघि यो पुरस्कार वरिष्ठ गायिका चन्द्रकला शाहले प्राप्त गरेकी थिइन् ।

यस्तै सातौ तीज म्यूजिक अवार्डकै अवसरमा एक दशक भन्दा लामो समयदेखि रंग पत्रकारितामा कलम चलाउदै आएकी रंग पत्रकार राधिका अधिकारीलाई छायाँछवि नारी रंग पत्रकारिता पुरस्कार प्रदान गरिने छायाछविले जनाएको छ । यसअघि यो पुरस्कार गीता अधिकारी, जयन सुब्बा मानन्धर एवं शारदा थापाले प्राप्त गरीसकेका छन् ।

यसपटकको छायाँछवि तीज म्यूजिक अवार्डमा डेड सय गीतले सहभागीता जनाएको आयोजकले बताएका छन् । जसको सर्बोत्कृष्ट यस प्रकार रहेको छ ।
१. उत्कृष्ट तीज गीत एरेञ्जर
मनोज राजभण्डारीः ढाकाको चोलीमा

२. उत्कृष्ट तीज गीत मिक्सिङ
भोला पौडेलः आयो तीज

३. उत्कृष्ट तीज गीत दोहोरी नव–गायन
आयुषा गौतमः विधुवा

४. उत्कृष्ट तीज गीत नव गायिका
सरीता भारतीः रातो सारी लरक्कै

५. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
मिलन विश्वकर्माः बरी लै माइतीको आँगन

६. उत्कृष्ट तीज गीत सम्पादक
विरेन्द्र भाट विपिनः सम्झायो माइतिघर

७. उत्कृष्ट तीज दोहोरी गीत छायांकार
मुकेश हुमागाईः रातो रातो सारी

८. उत्कृष्ट तीज गीत छायांकार
अजय रेग्मीः चट्टै माया फरर

९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
रोविन पोखरेलः रातो रातो सारी

१०. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
दीपाशा विसीः बुहारी –३

११. उत्कृष्ट तीज गीत मोडल
नन्दा बस्यालः हाम्री संगीनी

१२. उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक
मानसिंह खड्काः बुहारी –३

१३. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
सुरेन्द्र बसेलः सुरक्षित तीज

१४. उत्कृष्ट तीज गीत भिडियो निर्देशक
राजकुमार मगरः बुट्टा भरेको

१५. युगल तीज गीत
सुजाता केसी÷रोजी श्रेष्ठः सलहका बगाल

१६. तीज गीत युगल मोडल (मौलिक)
नितु कोइराला÷शुशीला थापा: नाचौं न नाचौ न

१७. उत्कृष्ट तीज दोहोरी गीत कम्पनी
राजकुमार फिल्म्सः सैना

१८. उत्कृष्ट तीज गीत कम्पनी
एस थ्रि के इन्टरटेनमेन्टः चेलीको बेदना

१९. उत्कृष्ट तीज दोहोरी गीत शब्द
लोकराज अधिकारीः आयो तीज

२०. उत्कृष्ट तीज गीत शब्द
दयाराम पाण्डेयः सुरक्षित तीज

२१. उत्कृष्ट तीज गीत मौलिक शब्द
शुष्मा देवकोटाः भेल्वेटको चोली

२२. उत्कृष्ट तीज दोहोरी गीत लय
हेम श्रेष्ठः नाच्न आकी छु

२३. उत्कृष्ट तीज गीत लय
योगेश काजीः बजाउँदै चुरा

२४. उत्कृष्ट तीज दोहोरी गीत गायक
सुर्य खड्काः सलह किराले

२५. उत्कृष्ट तीज दोहोरी गीत गायिका
टीका सानुः बुहारी –३

२६. उत्कृष्ट तीज गीत गायिका
मञ्जु थापाः यसपाली तीजैमा

२७. उत्कृष्ट तीज गीत मौलिक गायिका
कला लम्सालः पातली–२, ऐना हेरी हेरी

२८. उत्कृष्ट तीज मौलिक गीत
अनिता चलाउने: यस्तो बनोस् मेरो तीज

२९. जुरी अवार्ड
सञ्जु लम्साल (तीज गीत गायिका): हाम्री संगीनी
शुशिला थापा (मोडल): सलहका बगाल
सूर्य चन्द (निर्देशक):छम छम बजाउदै चुरा

३०. पब्लिक च्वाईस अवार्ड
भिडीयो निर्देशक – देवेन्द्र कुवरः विधुवा
तीज दोहोरी गायीका – सिर्जना खत्री हाउडेमायाः छड्के तीलहरी

३१. इनकरेजमेन्ट अवार्ड
तीज दोहोरी गीत गायक – कमल बिसीः लुती (साडी सुतीको)

३२. सामाजिक सन्देश गीत
गरीमा ज्ञवालीः सुरक्षित तीज

३३. उत्कृष्ट मोफसल तीज गीत
कोरोना र लकडाउनः श्रीनगर फिल्म्स