सरोज र आश्मा फिचर्ड ‘सार्टनैको चोली’ सार्वजनिक

भदौ १५, २०७७


गायक शंकर थापा र गायिका दीपा लामाको स्वरमा समावेश ‘सार्टनैको चोली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा शंकरको संगीत छ भने अम्बिका गुरुङको शब्द छ । गीतकार गुरुङले कोरेका धेरै गीतहरुले नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाएका छन् ।

यो गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई देख्न सकिन्छ । सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा गम्भिर बिष्टको कोरियोग्राफी छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन छ ।