‘सक्किगो नि’ टेलिसिरियल किन प्रसारण हुन सकेन ? अर्जुन घिमिरेले दिए यस्तो प्रस्टीकरण

भदौ १५, २०७७


काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृंखला ‘सक्किगो नि’ अब कोरोना महामारीपछि मात्रै प्रसारण हुने भएको छ । कोभिडका विषयमा सरकारले जारी गरेको निर्देशन पालना गर्दै आफूहरूले सुटिङ स्थगित गरेको टेलिशृंखलाका निर्माता निर्देशक अर्जुन घिमिरेले जानकारी गराएका छन् ।

उनले सोमबार बिहान फेसबुकमा लेखेका छन् – आदरणीय दर्शकबृन्द नमस्कार !! बिगत ६ महिनादेखि बिश्वब्यापि रुपमा फैलिएको कोभिड महामारीका कारण हामीले हाम्रो नियमित प्रस्तुति सक्किगो नि दर्शकमाझ पस्कन असमर्थ भएका छौ ।

हामी कलाकारभन्दा पहिला यो देशका जिम्मेवार नागरिक हौ, त्यसैले सरकारले आव्हान गरेका निर्देशनलाई पूर्णरुपमा पालना गर्नु हाम्रो कर्तव्य हुन आउँछ । साथै परिस्थिति सामान्य हुनासाथ हामी हाम्रो नियमित प्रस्तुति लिएर आउने बाचा गर्दछौ । त्यतिन्जेलसम्मको लागि धैर्य गर्दै हामिलाई निरन्तर माया गरिदिनुहोला, धन्यवाद ।