नेपालमा थपिए ८ सय ९९ कोरोना संक्रमित, संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो

भदौ १५, २०७७


काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ ।