उपत्यकामा थप २ सय ९८ जनामा कोरोना संक्रमण

भदौ १५, २०७७


काठमाडौँ — काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा २ सय ९८ जना संक्रमित फेला परेको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १९०, ललितपुर ६७ र भक्तपुरमा ४१ जना संक्रमित भएको बताए ।

आइतबार मात्रै उपत्यकामा ४ सय २९ जनामा कोरोना संक्रमण देखिएको थियो । आइतबार काठमाडौंमा ३७२, ललितपुर १२ र भक्तपुरमा ४५ जना संक्रमित भएका थिए ।