कोरोना संक्रमितको उपचारका लागि सञ्चालनमा आयो जनमैत्री अस्पताल

भदौ १६, २०७७


भदाै १५, भूकम्पपछि बन्द रहेको बालाजुस्थित जनमैत्री अस्पताल कोरोना संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको छ। सरकारले जनमैत्री अस्पताललाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको अस्पताल सोमबारदेखि सञ्चालनमा आएको हो ।  काठमाडौं महानगरपालिकाको विशेष पहलमा सरकारले निर्णय गरेपछि जनमैत्री अस्पताल १०० वेड क्षमतासहित सञ्चालनमा आएको काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए। 

अस्पतालमा सुरुको चरणमा ६ जना चिकित्सक र १२ जना नर्सले सेवा दिनेछन्। बिरामीको अवस्था हेरेर स्वास्थ्य जनशक्ति थप गरिने महानगरपालिकाले जनाएको छ। विसं २०७२ को भूकम्पपछि जनमैत्री अस्पताल बन्द हुँदै आएको थियो।  अस्पताल खुलाउन काठमाडौं महानगरपालिका–१६ ले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै पत्राचार गरेको थियो ।