‘कमेडी च्याम्पियन सिजन २’को अडिसन सुरु

भदौ १६, २०७७


काठमाडौं – ‘कमेडी च्याम्पियन सिजन २’को अडिसन सुरु भएको छ । कोरोना महामारीका कारण आयोजकले यस पटक डिजिटल अडिसन खुल्ला गरेको हो । अडिसन आगामि असोज १४ गतेसम्म चल्ने छ । प्रतियोगितामा सहभागीताका लागि प्रतियोगीले कमेडी च्याम्पियनको एपमा गई बढीमा ४ मिनेट ५९ सेकेन्डसम्मको भिडियो अपलोग गर्नु पर्ने हुन्छ । यसरी अपलोड भएको भिडियो मध्येबाट कमेडी च्याम्पियनले उत्कृष्ट छानेर रियालिटी सोमा भाग लिने अवसर दिने आयोजकले जनाएको छ ।

कार्यक्रममा यो पटक पनि निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै रहेका छन् ।

होष्टको जिम्मा अभिनेत्री रीमा विश्वकर्माले नै पाएकी छन् । कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए । यो पटकबाट कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।