जिल्ला प्रशासन कार्यालय दाङका कर्मचारीमा कोरोना संक्रमण ।

भदौ १६, २०७७


कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । 

प्रशासनले आज एक विज्ञप्ती प्रकाशित गरी एक जना कर्मचारीमा कोरोन संक्रमण देखिएकाले अर्को सुचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी विज्ञप्तीमा शान्ति सुरक्षा र मुद्धा लगायतका अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द भएको जानकारी गराइएको छ ।