सुधिर र रियाशाको ‘माया नयनी ताल’ सार्वजनिक

भदौ १६, २०७७


म्यूजिक भिडियो निर्देशनमा निर्देशक विधान कार्की अग्रपंक्तीमा आउँछन् । उनले निर्देशन गरेको ‘माया नयनी ताल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा सरोज साजन श्रेष्ठको शब्द, संगीत र स्वर छ । यो गीतले एक यूवतीको प्रेममा परेका यूवाहरुको मनको भावनलाई व्यक्त गरेको छ ।

निर्देशक कार्कीले भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । भिडियोमा सुधिर श्रेष्ठ, सुशिल रेग्मी, रियाशा दाहाल र अनामिका बराकोटीको मोडलिङ हेर्न सकिन्छ । सुधिर र रियाशा पछिल्लो समयमा चल्तीका मोडल हुन् । पेशाले इन्जिनियर सुशिल पनि यो गीतको भिडियोमा जमेका छन् । प्रेम रेग्मीको लगानीमा तयार भएको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

https://www.youtube.com/watch?v=6qKkA6BQO6o&feature=share