तेस्रो लिङ्गीको भूमिका निभाउदै आयुष्मान

भदौ १८, २०७७


काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् आयुष्मान देशराज जोशी । चलचित्र चपली हाइट २ बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका आयुष्मान हरेक चलचित्रमा फरक भूमिकामा देखिने गर्छन् । 

कोरोनाभाइरसको संक्रमणका कारण चलचित्रका कामहरु कम हुँदा उनी नयाँ चलचित्रमा अनुबन्ध भएका खबरहरु आएका थिएनन् । अब भने उनी एक नयाँ सिरिजमा देखिदैछन् । 

उनी एक सिरिजमा तेस्रो लिङ्गीको भूमिका निभाउने बताइएको छ । उनले अब अहिलेसम्म नै नगरेको फरक भूमिका निभाउदैछन् । उनले सामाजिक सञ्जालमार्फत आफुले निभाउने नयाँ भूमिकाको तस्बिर पनि शेयर गरेका छन् । 

उनले तस्बिर शेयर गर्दै शृङ्खलाले एक तेस्रो लिङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्ने बताएका छन् । उनले यो पुरुष वा महिलाको नभएर, एक मानिसको सङ्घर्षको कथा भएको बताउका छन् ।