‘प्रसाद’ सिक्वेलमा पनि विपिन र नम्रता नै मुख्य भुमिकामा

भदौ १८, २०७७


काठमाडौं – फिल्म ‘प्रसाद २’ बन्ने भएको छ । २०७५ सालमा प्रदर्शनमा आएको दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ ले दर्शकको मन जित्न सफल भएको थियो । 

यस फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतको अभिनय रहेको थियो । अब भने यस फिल्मको दोस्रो श्रृंखला बन्ने पक्का भइसकेको छ । फिल्म ‘प्रसाद २’ को लागि अहिले लेखक शुशील पौडेल स्क्रिप्टको काम गरिरहेका छन् । 

कोरोना महामारीपछि फिल्मको छायांकनमा जाने बताइएको छ । सौरभ चौधरीले निर्देशन गर्ने फिल्म ‘प्रसाद २’ मा विपिन र नम्रता खेल्न सहमत भएको बताइएको छ । 

उनीहरुबीच केही दिनअघि कागजी सम्झौता भएको  लेखक शुशील पौडेलले बताएका छन् । फिल्म’प्रसाद’ मा विपिन र नम्रताको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।