आज देशका यी स्थानमा ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

भदौ २८, २०७७


काठमाडौं – आइतबार देशभर सामान्य बदली रही पानी पर्ने सम्भावना रहेको छ । अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी परिरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोपछि देशका विभिन्न स्थानमा सामान्यतया  बदली रहि केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । भने प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा ठुलो पानी  पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ । 

त्यस्तै आज राती पनि देशभर  सामान्यतया  बदली  रही केही स्थानहरूमा  मेघगर्जनसहित पानी पर्ने समभावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । 

देशका विभिन्न स्थानमा बदली रही नदीमा पानीको बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकोले सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।