रोनाल्डो र नेयमारलाई पछि पार्दै मेस्सी बने विश्वकै सर्वाधिक कमाउने फुटबलर, कसको कमाई कति ?

भदौ ३०, २०७७


काठमाडौं –  विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वकै सर्वाधिक कमाई गर्ने फुटबल खेलाडी बनेका छन् । 

उनले अर्का चर्चित खेलाडी तथा  पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै फोब्सको सर्वाधिक कमाइ गर्ने फुटबलरको सूचिको पहिलो नम्बरमा परेका हुन् । 

फोर्बसले सोमबार जारी गरेको सन् २०२० मा सर्वाधिक कमाई गर्ने फुटबल खेलाडीको सुचीमा मेस्सी पहिलो नम्बरमा परेका हुन् । 

फोर्बसले जारी गरेको सुची अनुसार मेस्सीको वार्षिक कमाई १२६ मिलियन डलर रहेको छ । उनले उक्त कामाई पारिश्रमिकबाट ९२ मिलियन अमेरिकी डलर र इन्डोर्समेन्टबाट ३४ मिलियन आम्दानी गरेका हुन् ।

त्यस्तै अर्का खेलाडी रोनाल्डो भने धेरै कमाई गर्ने फटबल खेलाडीको दोस्रो नम्बरमा रहेका छन् । उनको कमाई ११७ मिलियन डलर रहेको छ । उनले उक्त कमाई ७० मिलियन डलर पारिश्रमिकबाट र इन्डोर्समेन्टबाट  ४७ मिलियन आम्दानी गरेका हुन् । 

त्यस्तै धेरै कमाई गर्नेको तेस्रो नम्बरमा ब्राजिलयन खेलाडी नेयमार जुनियर रहेका छन् । उनको वार्षिक कमाइ ९६ मिलियन डलर रहेको छ । त्यस्तै चौ्रथो स्थानमा फ्रेन्च खेलाडी किलियन एम्बापे रहेका छन् । उनको माई ४२ मिलियन डलर रहेको छ ।