त्रीशिदेश्वरी ले चुम्यो ईन्टर दाङ टि-२० क्रीकेट को उपाधी

असोज २९, २०७७



लक्ष्मण बस्नेत
असोज २९ दाङ ।
ईन्टर दाङ टि- २० क्रीकेट २०७७ को उपाधी त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर ले हात पारेको छ !
हेल्पिङ सौल दाङको आयोजना मा महेन्द्र माबी खेल मैदान तुलसिपुर मा आज बिहिवार सम्पन्न फाईनल खेलमा ज्ञान ज्योती स्पोर्ट्स एकाडेमी तुलसीपुर लाई ८ रनले पाखा लगाउदै त्रीशिदेश्वरी स्पोर्ट्स क्लब ले उपाधी उचाले को हो ! उपाधी संगै उसले नगद २५ हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पारेको प्रतियोगिता का संयोजक आभाष बुढाथोकी ले जानकारी दिए ! उता फाईनलमा पराजित ज्ञान ज्योती नगद १० हजार, ट्रफी,मेडल, प्रमाणपत्र मा चित्त बुझाउदै उपबिजेता मा सिमित रह्यो !
टस जितेर ब्याटिङ रोजेको त्रीशिदेश्वरी ले १८ दशमलव ५ ओभर मा अलआउट हुदै ७७ रन बनाएको थियो ! जसमा त्रीशिदेश्वरी का युब राज ओलि र भरत ओलि ले समान १७ /१७ रन को योगदान दिएका थिए ! बलिङ तर्फ ज्ञान ज्योती का प्रकाश श्रेष्ठ ले सर्वाधिक ४ विकेट लिए भने कमल ओलि ले २ विकेट लिए ! प्रतिउत्तरमा ७८ रन को बिजयी लक्ष्य पाएको ज्ञान ज्योती १५ दशमलव १ ओभरमा ६९ रन अलआउट भयो ! जसमा प्रबिन अधिकारी ले १९ रन बनाए ! बलिङ तर्फ संकर बुढाले सर्वाधिक ४ विकेट लिए भने स्माईल अन्सारी र सन्दिप डागि समान २/२, तथा तिलक बौडेल र करण सार्कि ले समान १/१ विकेट लिएका थिए ! म्यान अफ द फाईनल त्रीशिदेश्वरी का संकर बुढा भए ! कोरोना भाईरस का कारण ठप्प बनेको जिल्ला को खेलकुद गतिबिधी लाई चलाएमान बनाउने उदेश्य का साथ आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो भने खेलहरु लिग कम नकाउटका आधारमा खेलाईएको थियो ! प्रतियोगितामा अम्पायर को भुमिकामा नव राज केसि,सचिन सुवेदी र स्कोरर मा सचिन देवकोटा रहेका थिए !
यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक हेल्पिङ सौल का अध्यक्ष सागर देवकोटा को अध्यक्षता भएको थियो ! सो अबसरमा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने त्रीशिदेश्वरी का संकर बुढा,बेस्ट ब्याट्सम्यान,त्रीशिदेश्वरी कै करण सार्की,बेस्ट बलर,बेस्ट फिल्डर त्रीशिदेश्वरी का भरत ओलि, सिद्धार्थ एकाडेमिका केशव अधिकारी म्यान अफ द सिरिज, बेस्ट सिक्सर दङ्गाली पल्टका कमल चौधरि र फेयर प्लेय टिम वडा न ७ घोषित भयो ! हेल्पिङ सौल का आईडिभिसिसी सनम ओलि ले संचालन गरेको समापन समारोह मा धन्यवाद ज्ञापन प्रतियोगिता का सह-संयोजक राजिव पौडेल ले गरेका थिए !