राजस्थानसँग चेन्‍नइ पराजित, बट्लरको अर्धशतक

कार्तिक ०४, २०७७


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चौथो जित निकालेको छ । सोमबार भएको खेलमा चेन्‍नइ सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले यस सिजनको आईपीएलमा चौथौ जित निकालेको हो । चेन्‍नइले दिएको १२६ रनको झिनो लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा मात्र ३ विकेट गुमाउँदै भेट्टाएको थियो । 

राजस्थानले २६ रन हुँदा पहिलो विकेटको रुपमा बेन स्टोक्सलाई गुमाएको थियो । स्टोक्सले ११ बलमा तीन चौकाको मद्दतमा १९ रन जोडे । त्यस्तै दोस्रो विकेटको रुपमा चौथो ओभरको दोस्रो बलमा रोविन उथप्पालाई ४ रनमा गुमाएको थियो । 

राजस्थानको २८ रन हुदाँ तेस्रो विकेटको रुपमा विकेटकीपर ब्याट्सम्यान सन्जु सामसनलाई शुन्य रनमा गुमाउँदै धरापमा परेको राजस्थानका लागि कप्तान स्टिभ स्मिथ र जोस बट्लरले सम्हालेको पारी खेलेका थिए । दुबैले राजस्थानको जितका लागि ९८ रनको साझेदारी गरेका थिए । 

बट्लरले ७० रनको अर्धशकीय पारी खेले । उनले ४८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७० रनको अविजित अर्धशतकीय पारी खेलेका हुन् । उनको यो आईपीएलमा ११ औं अर्धशतक हो । त्यस्तै कप्ताान स्मिथले ३४ बलमा दुई चौकाको मद्दतमा २६ रनको योगदान दिए । 

चेन्‍नइका लागि दीपक चाहरले दुई विकेट लिए भने जोस हाज्लेवुडले एक विकेट लिएका थिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चेन्‍नइले खराव सरुवात गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १२५ रन जोडेको थियो । चेन्‍नइका लागि कप्तान महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले सर्वाधिक ५१ रनको साझेदारी गरेका थिए । 

जडेजाले ३० बलमा ४ चौका प्रहार गर्दै अविजित ३५ रनको योगदान दिए । त्यस्तै कप्तान धोनीले २८ बलमा दुई चौकाको मद्दतमा २८ रन जोड्दै पेभिलियन फर्किए । चेन्‍नइको १३ रन हुँदा पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान फाप डुप्लेसिसलाई तेस्रो ओभरको अन्तिम बलमा गुमाएको थियो । उनी १० रन जोड्दै पेभिलियन फर्किए । 

त्यस्तै २६ रन हुँद दोस्रो विकेटको रुपमा चौथो ओभरको अन्तिम बलमा शेन वाट्सन कार्तिक त्यागीको बलमा ८ रनमा क्याचआउट हुन पुगे । तेस्रो विकेटको रुमा चेन्नाईले अर्का ओपनर ब्याट्सम्यान साम कुरानलाई गुमाएको थियो । कुरानले २५ बलमा एक चौका र एक छक्काको मद्दतमा २२ रन जोडे ।  अम्बाती रायडुलाई १३ रनमा चौथो विकेटको रुपमा गुमाउँदा पाँचौ विकेटको रुपमा धोनी आउट भएका थिए । 

चेन्‍नइलाई सस्तैमा समेट्न राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रीयस गोपाल र राहुल टिवेतियाले समान एक एक विकेट लिए ।

यस जितसँगै दस खेलमा चार जित निकालेको राजस्थानले ८ अंक जोडेको छ । राजस्थान तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यता पराजित चेन्‍नइ भने समान खेलबाट ६ अंक जोड्दै पुछारमा छ ।