सन्जिवको नयाँ कोसेली “यसरी नहेर मलाई” सार्वजनिक

कार्तिक २२, २०७७     नबराज जि.एम्.




काठमाडौँ । संगीतिक क्षेत्रमा गायक सन्जिव पराजुली एक परिचित नाम हो । उनका बजारमा थुप्रै चर्चित गितहरु आईसकेका छन् र दर्शकमाझ बग्लै पहिचान बनाइसकेका छन्।

दर्शक श्रोताको चाहाना अनुसारका शृजना पस्कदै आएका गायक पराजुली कहिले डान्सीङ नम्बरका गित लिएर आउने गर्छन् त कहिले रोम्यान्टिक गितका साथमा दर्शक/स्रोताका माझ आउने गर्दछन् ।

उनै गायक पराजुली फेरि पनि नयाँ गित “यसरी नहेर मलाई”को साथमा आएका छन् । कोभिड-१९ को कारण बजारमा अहिले केहि हद सम्म गितहरु आएपनि स्वतस्फूर्त आउन नसकेको यस प्रतिकुल अवस्थामा आफ्ना दर्शक एवं स्रोतालाई निरन्तर गित पस्किने क्रम उनले यस गितलाई बजारमा ल्याएका हुन् ।

गितमा प्रमेली शव्दहरुको प्रयोग गरिएका छन् । होम नाथ न्यौपानेले शव्द कोरेको यस गितमा संगीत सचिन सिंहको रहेको छ । संगीत संयोजन भने गोपाल रसाईलीले गरेका हुन् ।