कोरोना संक्रमित पूर्वपति मनोजलाई यसरी सम्झिन् मिनाले, लेखिन् यस्तो मनछुने स्टाटस

कार्तिक २२, २०७७


काठमाडौ । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल अहिले अस्पतालमा छन् । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको अवस्था अवस्था विग्रदै गएपछि बुधबार सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा भर्ना गरिएको थियो । गजुरेलको थप उपचारको लागि बिहिबार आईसियूमा सारिएको थियो। 

अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ । कलाकार मनोजले पनि आफ्नो फेसबुकमा आफू आराम रहेको जनाएका छन् ।

उनले शुक्रबार बेलुका सामाजिक सञ्जालमार्फत आफू आराम भएको र अघिल्लो दिनभन्दा स्वास्थ्यमा क्रमिक सुधार भएको बताएका हुन् ।

यसैबीच गजु्रेलकी पूर्वपत्नी मीना ढकालले पनि सामाजिक सञ्जालमार्फत स्वास्थ्य लाभको कामना गरेकी छिन् । उनले भौतिक रुपमा टाढा भएपनि आफुले मनोजलाइ धेरै माया गर्ने बताएकी छिन् ।  

सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दै उनले जतिसुकै मनमुटाव भएको भएपनि सिकिस्त भएको आफुले सहन नसक्ने बताउदै उनले भनिन् – ‘तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ९हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ’ 

उनको स्टाटस यस्तो छ – जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियु मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन् म यो रियलाईज गरिरहेछु

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन।।।

तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ(हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ .

उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी