दिल्ली पहिलोपटक आईपीएलको फाइनलमा, उपाधिका लागि मुम्बईसँग भिड्ने

कार्तिक २४, २०७७


काठमाडौं। दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रबेश गरेको छ । गए राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई पराजित गर्दै पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

यूएईमा भएको उक्त खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गरेको हो । 
 
खेलमा  दिल्लीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनायो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाउदै १ सय ८९ रन बनाएको थियो 

उक्त खेलमा दिल्लीका लागि शिखर धवनले ७८ रन,  स्टोनिसले ३८ रन  र सिम्रो हिटमरले ४२ रन जोडे। त्यस्तै बलिङतर्फ  हैदराबादका रसिद खान, सन्दीप शर्मा र ज्यासोन होल्डरले एक एक विकेट लिए ।

जितसँगै दिल्ली फाइनलमा प्रवेश गरेको छ। दिल्ली आईपीएलको फाइनलमा पुगेको यो पहिलो पटक हो । इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद खेल्न्ेछन् । अब दिल्लीले उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्ससँग मंगलबार खेल्नेछ ।