मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

कार्तिक २६, २०७७


काठमाडौं । यस वर्षको नेपाल सुन्दरी प्रतियोगितामा २१ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुने भएको छ । 

हिडन ट्रेजरले मिस नेपाल–२०२० बारे आज राजधानीमा सञ्चाकर्मीहरुलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौं र चितवनका युवती सहभागी छन् । 
काठमाडौंसहित देशका मुख्य ९ सहरमा गएर अडिसनमार्फत आयोजकले प्रतिस्पर्धी छनोट गरेको थियो ।  प्रतियोगिताको अन्तिम चरणको स्पर्धा मंसिर २० गते हुनेछ । अहिले प्रतिस्पर्धीहरु प्रशिक्षणमा छन् । अन्तिम १५ दिन रेसिडेन्सियल प्रशिक्षण पछि ग्रान्ड फिनाले हुने छ ।