मनोज पण्डितको पुस्तक ‘सिनेमा मन्थन’ सार्वजनिक

कार्तिक २७, २०७७


काठमाडौं । निर्देशक मनोज पण्डितको नयाँ पुस्तक ‘सिनेमा मन्थन’ सार्वजनिक भएको छ । सिनेमासँग सम्बन्धित पुस्तक ‘सिनेमा मन्थन’ मंगलबार सार्वजनिक गरेका हुन् । 

केही समय अगाडि नै उनले यो पुस्तक लेख्न सुरु गरे पनि लकडाउनको समयमा पूरा गरेका हुन् । 

“अरुका लागिभन्दा पनि यो पुस्तक मेरै लागि डकुमेन्टेसन हो । पाठकले यसलाई मन पराउनुभयो भने त्यो झन सकारात्मक कुरा हो,” मनोज भन्छन्, “यो पुस्तकमा मैले जे लेखेको छु, अब चलचित्र बनाउँदा त्यसलाई व्वयवाहारमा उतारर्ने कोशिष गर्नेछु ।”

१५५ पृष्ठको पुस्तकको मुल्य २९० रुपैयाँ रहेको छ  । पुस्तकमा राम्रो सिनेमा, सिनेमालाई असर पार्ने तत्व, पात्र, कथ्य र कथा, पात्र संघर्ष, द्वन्द्व लगायका विषय समेटिएको लेखक पण्डितले बताए ।