एलिना र किरणको ‘ज्यान दिन राजी भाको छु’!

कार्तिक २८, २०७७


काठमाडौं – संगीतकार अर्जुन पोख्रेलको नयाँ गीत सार्वजनिक भएको छ । गायक किरन भुजेल र एलिना चौहानको सुमधुर स्वरमा ‘ज्यान दिन राजी भकोछु’ बोलको गीतको भिडियो बिहिबार युट्युबमा सार्वजनिक भएको हो । 

गीतमा नारायन रसैलीको शव्द र अर्जुन पोख्रेलको संगीत रहेको छ ।  गीतमा युवा पुस्ताको माया प्रेमको अवस्था चित्रित गरिएको छ ।

गीतको भिडियोमा सुधिर श्रेष्ठ, गरिमा शर्मा, जुना सुन्दास र अजय मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ । भिडियोमा सौरभ लामाको क्यामेरा, रामजी लामिछानेको निर्देशन र अर्जुन जिसीको सम्पादन रहेको छ।