लेखु सहयात्रीको ‘जनम् जनम्’मा पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय

कार्तिक २९, २०७७


काठमाडौं । गायक लेखु सहयात्रीको ‘जनम् जनम्’ म्युजिक भिडिओमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको अभिनय रहेको छ ।

बिहीबार सार्वजनिक सो गीतमा सहयात्रीको एकल स्वर रहेको छ । जसमा अम्बिका गुरुङको शब्द सृजना र पुरूषोत्तम सुवेदीले संगीत भरेका हुन् । 

गीतमा फडेन्द्र राईको संगीत संयोजन रहेको छ । उक्त गीतको भिडिओ निर्देशन निकेश खड्काले गरेका हुन् ।