सारिकाको ‘घिन्ताङ घिन्ताङ मादलु’ सार्वजनिक (भिडियोसहित)

कार्तिक २९, २०७७


मोडल तथा गायिका सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘घिन्ताङ घिन्ताङ मादलु’ सार्वजनिक भएको छ । रमेश एमके पौडेलको शब्द रहेको गीतमा योगेशकै सङ्गीत तथा सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको छ।

कार्टुन क्रुजका सरोज अधिकारी, आश्मा विश्वकर्मा, योगश र सारिका फिचर्ड ‘घिन्ताङ घिन्ताङ मादलु’ भिडियोमा गम्भिर विष्टको निर्देशन र सुवोल थापाको कोरियोग्राफी रहेको छ। नवराज उप्रेतीको छायाँकन रहेको गीतको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।