प्रवल विष्टकाे गीतिसङ्ग्रह ‘अनमोल’ विमोचन !

मङि्सर ०७, २०७७


दाङ, ६ मंसिर
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा आज दाङ घोराहीमा भाैतिक दूरी कायम एवम् सतर्कता‌ अपनाई दङाली युवा गीत/गजलकार प्रवल विष्टद्वारा रचित एवम् विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा एकलरुपमा सङ्गगीतबद्ध आधुनिक गीतिसङ्ग्रह ‘अनमोल’को विमोचन गरिएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाकाे अध्यक्षतामा सन्चालित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायण नेपाल लगायतका अतिथिले उक्त एल्बम सार्वजनिक गर्नुभएको थियो भने विमाेचित गीतिसङ्ग्रहकाे समीक्षा गीतकार प्रकाश केसीले गर्नुभएको थियो।गीतिसङ्ग्रहको समीक्षा गर्दै गीतकार प्रकाश केसीले गीतहरुले हाम्रो समाजमा रहेका धेरै कुरालाई समेटेको कुरा स्पष्ट पार्दै यस अनमोल एल्बममा रहेका चारवटै रचनाहरु निकै नै लोकप्रिय एवम् कर्णप्रिय भएको कुरा बताउनुभयो ।
यसअघि पनि धेरै गीत/गजलहरू बजारमा ल्याइसकेका रचनाकार प्रवल विष्टकाे दाेस्राे रचना सङ्ग्रह र सङ्गगीतकार सन्ताेष श्रेष्ठकाे छत्तीसाैँ सांगीतिक सङ्ग्रहका रुपमा आएको यस एल्बमभित्र जीवन संघर्ष हो,,,, दुईवटा मुटु,,,, चल्दैन चल्दैन,,,, र तिमीले अर्कै रोजेको दिन,,,, बाेलमा गायक/गायिकाहरु नरेन्द्र प्यासी, बिन्दु परियार, सिडी विजय अधिकारी र सुप्रीया पाण्डेको आवाज रहेको र यस गीतिसङ्ग्रहमा तीनवटा गीत र एउटा गजल गरी चारवटा रचनाहरु समाविष्ट छन् ।
कार्यक्रममा प्रमुख अतिथि नारायण नेपाल, विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, दङाली बालगायिका सुप्रीया पाण्डेय लागायतले बोल्नुभएको थियो भने र गीत/गजलकार प्रवल विष्टले गीत/गजल सृजनाको बारेमा बोल्नु भएको थियो भने सभाध्यक्ष कमलमणि देवकाेटाले सबैलाई धन्यवाद दिनुभएको थियो ।
राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष साहित्यकार नगेन्द्र गुरुको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण परिषद्का केन्द्रीय सदस्य साहित्यकार आदिम केसीले गर्नुभएको थियो ।