आज सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिने
मङि्सर २३, २०७७

काठमाडौं – सरकारले मंगलबार विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ ।
चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ऐतिहासिक साझेदारी भएको भन्दै सरकारले आज सार्वजनिक गरिने जनाएको छ ।
आज नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्नेछ ।
गएको बर्ष चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने सहमती भएको थियो । दुवै देशमा एकैपटक सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिने जनाइएको छ ।
सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न आज ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलीय बैठक बस्दैछ ।