स्थायी कमिटीले निकास दिन्छ, पार्टी फुट्दैन : बादल

मङि्सर २९, २०७७


मंसिर २९, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको मतभेदले पार्टी नफुट्ने बताएका छन् । सचिवालय सदस्य थापाले पार्टीको विवादलाई स्वभाविक प्रक्रियाका रुपमा लिन आग्रह गरे ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले पार्टीमा जारी बहसले सरकार र पार्टीलाई अझै बढी सुदृढ बनाउने बताए । जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने उनको विश्वास थियो । राजावादीहरुको आन्दोलनबारे सोधिएको प्रश्नमा उनले यो उनीहरुको मृगतृष्णा मात्रै भएको बताए ।

सरकार विरोधी पनि अहिले सलबलाइरहेका छन्, सरकारलाई उल्ट्याउने र व्यवस्थालाई विस्थापित गर्ने सपना देखेका छन्, त्यो पूरा हुन सक्दैन’ गृहमन्त्री थापाले भने ‘नेपाली जनताले उनीहरुको सपनालाई कदापी पूरा हुन दिँदैन ।